कलाकार तथा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाको निर्देशनमा छोरी सामाजिक टेलि शृङ्खला सिजन दुई सुरु भएको छ । मन्जुश्री कुँवरको निर्माण र दुर्गा खबास हैरानेको लेखन रहेको यस शृङ्खलामा कलाकारहरु – युनिसा रेग्मी,मन्जु श्रेष्ठ ,प्रतीक्षा मगर,मन्जु श्री कुवर ,राम्जी फुँयाल लगायतको अभिनय रहेको छ ।धादिङ जिल्लाको धुनेबेशी धार्के लगायत स्थानमा छायांकन गरिएको छोरी सिरिजले समाजमा ब्याप्त लैङ्िगक बिभेदको कथालाई उठाइरहेको छ । मान्छे मान्छेमा पनि छोराछोरी भनेर जुन विभेद गरिन्छ । त्यसले मनमा चसक्क छोएपछि छोरी सुरु गरेको हुंँ । निर्देशक एन्टिना भन्छ्न – म जुन समाजमा जन्मे , हुर्के , त्यो समाजमा आज पनि छोरीहरूलाई सहज छैन । छोरी भएकै कारण विद्यालय जान नपाउने लाखौं बालिका छ्न ।छोरी भएकै नाउँमा कसैको बालबिवाह हुन्छ । छोरी हुनु यहाँ अभिसाप हो । यहि सामाजिक मान्यतालाई चुनौती हो हाम्रो सामाजिक टेलि शृङ्खला ।
छोरी प्रत्येक हप्ता एन्टिना टिभी मार्फत प्रसारण भइरहेको छ । केहि समयमा एक टेलिभिजन मार्फत पनि छोरी प्रसारण हुने निर्माण टिमले जानकारी दियो ।