अर्घाखाँची पाणीनी – ५ घर भएका सुरज बिगत ६ वर्ष देखि बुटवलमा बसोबास गर्दै आएका छन्।
हाल उनी लोकप्रिय कलाकारको रूपमा चर्चित छ्न । उनले अहिलेसम्म म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै विद्यामा छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । पछिल्लो समय भने आफ्नै लेखन निर्देशनमा सामाजिक सन्देशमुलक ” साने ” नामक सिरिज बनाईराखेका छन्। यस सिरिज अभिनय र सम्पादन समेत आफै गर्छन, सुरज । यस सिरिज धेरै दर्सकले मन पराएको कारण उनी मुख्यत पात्र “साने” नामले धेरै दर्शक सामु चिनिन्छन । सुरजले काम गरेको धेरै गीतहरु बजारमा छ्न ।

नेपाली कला क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल अभिनय गरेर दर्शक स्रोताको मन मुटुमा बस्न सफल कलाकार तथा निर्देशक सुरज घिमिरेको साने भाग – १९ सम्म सार्वजनिक भएको छ ।

सुरज सानै उमेरदेखि सबैसँग मिलनसार ,मिहिनेती र इमानदारी थिए । साथीहरू माँझ प्रीय सुरज हाम्रो समाजमा भैरहेका रुढीबादी परम्परालाई कत्ती पनि मन पराउँदैनन , त्यसको मुर्त रुप सानेमा देख्न सकिन्छ । सुरजको परिचय कलाकार मात्र नभएर समाजसेवक रूपमा समेत रहेकोे छ । त्यसको उदाहरणले उनले बेला बेला गर्ने समाजसेवाको गतिविधि हो ।

सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ भन्ने सन्देश सुरजबाट सिक्न सकिन्छ । जातीयता भन्दा मानबता ठूलो हो भन्ने सन्देश दिने दर्जनौ भिडियोमा अभिनय गरिसकेका सुरज आम दर्शकको मन मुटुमा बस्न सफल भएका छन ।

उनले बाँचेको जीवनले अभाव सहयो , संघर्ष बुझायो र त अहिले उनी जीवनको नौलो मोडमा छन । सहनुलाइ पनि जीवनको उपहार सम्झन्छन । मेहनत गर्यो भने असम्भव केही नभएको उनको तर्क छ ।
`धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल सरह हुन्छ´ भन्ने प्रेणणा उनबाट लिन सकिन्छ ।

समाजमा देखापर्ने बिकृती ,रुढीबादी परम्परा, छुवाछुत ,भेदभाब जस्ता अनेकौं समस्या उनले सानै उमेरदेखि नियाल्दै आए उनी । यस्ता परम्परालाई जरैदेखि उखाल्नु पर्छ भन्ने सोच बोकेर अघि बढिरहेका छ्न । हो सुरजले आज हाम्रो सामु ( साने ) सेन्टिमेन्टल वेव सिरिज मार्फत थोरै भएपनि समाज रुपान्तरणमा काम गरेका छ्न ।https://youtu.be/y7nOyN8Wd2A