काठमाडौँ । देशभरका कलिला बालबालिकाको प्रतिभालाई अवसर दिएर प्रस्फुटित गराउँदै आएको किड्स हङ्गामा युट्युब च्यानलले देउसी भिडियो रिलिज गरेको छ। २०७८ सालको तिहारको मौकामा  च्यानलले  स-साना बालबालिकाको मौलिक प्रस्तुति समेटिएको देउसी भिडियो सार्वजनिक गरेको हो।

देशैभरिका बालबालिकाहरूलाई कलाकारिता तथा शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्रदान गर्दै आएको  किड्स हङ्गामाका व्यवस्थापक श्याम कुमार रायमाझी बताउँछन्। पहिलो पटक बालबालिकाको सहभागितामा देउसी भैलो कार्यक्रम गरेको च्यानलले काठमाडौँको मण्डिखाटारमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलका बालबालिकालाई अवसर दिएको छ। साना बालबालिका पनि अवसर पाउने हो भने साँच्चै कुशल काम गर्न सक्छन् भन्ने सन्देश भिडियोले दिएको छ।