हिजो महाअष्ट्रमी । सबैभन्दा धेरै बलिप्रथा जगाउने दिन । एकजना पण्डितज्युसँग संम्बादको अबसर जुर्यो । छोटो संम्वादमा मैले सोधे – गुरु के हिन्दु परम्परामा बलीप्रथा शास्त्रमा नै लेखिएको छ त ? उनले भने – बलि शास्त्रमा छ तर अस्त्र शस्त्रको प्रयोग गरेर होइन ऋग्वेदिय मन्त्रद्वारा पशुको बध हुनुपर्यो । मैले फ़ेरि सोधे – यो बनिया युगमा ऋग्वेदिय मन्त्रबाट बलि दिन सकिने सम्भावना होला त ? उनले भने सकिन्छ , अध्ययन हुनुपर्यो,योगबल हुनुपर्यो नत्र बलि दिन पाइदैन,देउतालाई दोष लगाएर आफू खाने परिपाटी पाप मात्र हो ।
उनको अनुसार हिन्दु परम्परामा प्राचीनम मानिने शास्त्र वेदमा योगबलबाट मात्र बलि दिन हुन्छ नत्र अन्य प्रकारको बलि पाप हो भन्ने आसय रहयो । मेरो अध्ययनमा पनि वेदमा हतियारको प्रयोग गरि पशुहरु हत्या गरिनुलाई मान्यता दिएको छैन । पण्डितजीको कुरामा म पनि सहमत भए ।
आजको युगमा योगबलबाट बलि सम्भव छ कि छैन ? त्यसको बहस उहाँहरु जस्तो पण्डितजी , ज्योतिषजीहरुले गरून् । तर मेरो अभियान भनेको धार्मिकताको आवरणमा बलि दिनु हुदैन भन्ने नै रहेको छ । सामाजिक संन्जालमा एकजना मित्रले लेख्नु भयो फाइभ स्टार होटेलमा मासु डकारेर बाहिर बलिप्रथाको बिरोध गर्ने ?अर्को मित्रले कान्तिपुर पत्रीकामा नै लेख्नु भएछ बलिप्रथा बिरोधीले मासु नै नखाने कि ? यस्ता बहस अलि तीब्र भएका छ्न । ठाउँ ठाउँमा बलिप्रथा विरुद्ध जुलुसहरु भइरहेका छ्न । देशैभरी बलिप्रथाको बिरोध भइरहेको छ । एकप्रकारले भन्दा यो राष्ट्रिय बहस बिषय भएको छ ।
के बलिप्रथा बिरोधीले मासु खानै नहुने हो र ? यसमा मेरो मान्यता के हो भने रुचि हुनेले मासु खादा पाप हुन्न। तर मारिसकेको अबस्थामा मात्र पाप हुन्न । मलाई लाग्छ अब दुनियाँमा मासुको अनिवार्यता बिस्तारै कम गर्नुपर्छ , विकल्प खोज्नुपर्छ ।
टिकटकमा एउटा भिडियो देखे । तामाङ समुदायका एउटा युवा भित्तामा बुद्धको तस्वीर टासेर आगममा भैसीलाइ निर्मम ढंगले काटिरहेका थिए । म उहाँलाई विनम्र अनुरोध गर्छु । कृपया भित्ताको बुद्धको तस्वीर हटाएर मात्र आगनमा यस्तो कर्म गर्नु होला । नत्र माथि पण्डितजीले भने जस्तै यो पाप कर्म हो ।
यो दुनियाँमा हरेक प्राणीको बाँच्ने अधिकार छ । उनीहरूको निम्ति यो दुनियाँलाई बाच्न लायक बनाऔ । अलि उमेर पुगेपछि मात्र उनीहरूको मासु खाऔं । ससाना प्राणीको हत्या नगरौ ।यसबाट पनि धेरै प्राणी बाच्न पाउँछन् ।
बलि प्रथाबारे अनेकौं बहस जरुरी छ । अनेकौं सवाल जरुरी छ ।सवाल जवाफ गरौ । ठिक बेठीक छुटाउ ।