काठमाडौं । गायक दिप बहादुर राई र निसा राईको आवाजमा रहेको गित ” परदेशी छोरा” बोलको  म्युजिक भिडियो सार्बजनिक भएको छ। निसा राईको शब्द रचना रहेको यो गितको भिडियोमा क्यामेरापर्सन राधेश्याम जिरेल रहेका छन् ।मोडल द्वय दावा शेर्पा र खुशी लामिछानेले अभिनय गरेको यस भिडियोमा अन्य कलाकारहरु श्याम कुमार राई,सरस्वती राई,रेबिका राई,रिति राईले समेत अभिनय  गरेका छन् ।यस गितको एरेन्जर लाहाङ सुब्बा रहेको छ भने भिडियोलाई मिलन सागरले निर्देशन गरेका छन् ।रिङ स्टुडियो मार्फत रेकर्डिङ गरिएको यस भिडियोलाई गडस मिडिया प्रालिले बजारमा ल्याएको हो।