लेख्दैछु मसङै मेरो नैरास्य जिबनको कथा लेख्दैछु
अनि जिबनमा घटेका र घट्दै गरेका घटना लेख्दैछु

भोलि भएछ भने सु:ख लेखौला खुशिहरु लेखौला
आज भएको यहि दर्द लेख्दैछु दु:ख पीडा लेख्दैछु

अभाबद्वारा मारिएका अनि मारिन बाकी नै रहेका
ती अपुरा-अधुरा रहेका हजारौ रहर इच्छा लेख्दैछु

लेखिदै गरेका केही भाबहरु केही कोमल शब्दहरु
बा”को यादमा लेख्दैछु बा”को सम्झनामा लेख्दैछु                लेखिका – साबित्रा उमारा सिन्धुली ,