काठमाडौं । गङ्गालाल हस्पिटलमा बिरामी माथि चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ। यहि भदौ महिनामा बेड भर्ना भएका बिरामी फुर्बा शेर्पाको लगभग १५/१६ दिन बित्दा समेत कुनै सुधार न आए पछि अन्ततः हस्पिटल रिफर गर्न बाध्य हुनुपरेको बिरामीको आफन्तले बताए।बिरामीको अबस्था जटिल छ भन्दै बारम्बार सुइ लगाएर बेहोस बनाउने,खाना नदिने,अनावश्यक दु:ख दिने,डर धम्कि दिने गरेको त्यस्तै त्यहाँका नर्सहरुले समेत बिरामीमाथि लापरबाही गरेको पिडित बिरामीले बताए।हाल नर्भिक हस्पिटलमा उपचाररत पिडित बिरामी शेर्पा भन्छन् ” धन्न बाँचियो। त्यो हस्पिटल ( गङ्गालाल हस्पिटल ) मै बसेको भए मलाई मार्थ्यो”।पिडित बिरामीका अनुसार त्यहाँका नर्सहरुले दुव्र्यवहार गर्ने गरेको त्यस्तै आफन्त समेतलाई भेट्न बोलाउन नदिने गरेको गुनासो छ।मुटुरोग विशेषज्ञ डाक्टर कुन्जाङ शेर्पाको टोलीले उपचार गरिएको भए पनि ३ हप्ता बित्दा समेत कुनै सुधार नभएको बरु बिरामीमाथि चरम लापरबाही गरेर बिरामी माथि खेलबाड गरेको पिडित पक्षको आरोप छ। उक्त हस्पिटलमा बिरामी कुरुवाको समेत बिचल्ली देख्न सकिन्छ। कुरुवा घरको ब्यबस्था नहुँदा खुल्ला आकाशमुनि रात कटाउनु बिरामी कुरुवाहरुको बाध्यता छ।देशकै ठुलो र आम सर्बसाधारणले बिश्वास गरेको सरकारी मुटुरोग हस्पिटलमा यसरी बिरामीमाथि खेलबाड र उचित राम्रो उपचार नहुनुले यस हस्पिटल प्रति जनबिश्वास कम भएको आम नागरिकको बुझाई छ।