काठमाडौं /भनिन्छ सेवा नै धर्म हो। राजधानीको अनामनगर स्थित धोबिखोला किनारमा बस्दै आएकि साहित्यकार शान्ती चौधरी लाई कतारमा बस्दै आएका समाजसेवी बिशेश्वर प्रसाद चौधरी र जय मिडिया हाउसका संचालक तेज नारायण चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन् । गत भाद्र २१ गते सोमबार धोबीखोलामा आएको बाढी चौधरीको कोठामा पस्दा लाखौको मुल्यवान पुस्तकहरु क्षती भएका थिए। एकल महिला तथा जेष्ट नागरिक समेत रहेका उनै चौधरीलाई केही राहत मिलोस भनेर पटक पटक लकडाउनमा समेत समस्यामा परेको मजदुर र अग्नी पीडित तथा बाढि पीडितहरुलाई राहत दिइसकेका समाजसेवी अभियन्ता बिशेश्वर प्रसाद चौधरी र जय मिडिया हाउसका संचालक तेज नारायण चौधरीले नगद ११००० सहयोग गरेको हो।नगद पाए पछि पीडित शान्ती चौधरीले धन्यवाद दिदै उक्त पैसाले क्षति भएको पुस्तक किन्ने बताइन् ।