पर्सा। ईलाका प्रहरी कार्यालय पोखरियाले  भन्सार छली गरेर ल्याउदै गरेको लाखौं मुल्यका कपडा बरामद गरेको छ।प्रहरीको गस्ती टोलीले  ना २ ह ५२६३ नम्बरको अटोमा ल्याइदै गरेको उक्त सामान  अटो ड्राइभरले छाडेर भागेको अबस्थामा  बरामद गरेको हो।प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको प्रहरी टोलीद्वारा बरामद गरिएको सामानमा ब्लेजर कपडा २१९.२ मिटर, सुट कोटको कपडा १३०.४ मिटर ,कुर्था सलवार कपडा ६८ सेट, कटन सर्ट १३५ थान, साडी ३७ थान,कस्मेटिक सामान २ कार्टुन र अटो रिक्सा १ थान गरेर करिब    ७ लाख
१८ हजार २ सय ६० रुपैया   बराबर मुल्यको रहेको  छ। बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।