संस्कृतिको नाउँमा बिकृति यस्ता स्लोगन हामीले धेरै पहिलेदेखि घोक्दै आएका हौ । संस्कृतिको आधुनिककरण व्यापक भएको छ । आज सामाजिक संजालमा एक बाहुन मित्रले लेखे , आज जनै फेरेर बागबजारतिर बफ मम खान जान पर्ला । मित्रको स्टाटसमा समाजको प्रतिबिम्ब मात्र छैन , आधुनिकतातिर लम्केको आजको समाज तस्वीर पनि छ । यो समाज यस्तै आडम्बरमा बाँचेको छ ।
आज दिन हिन्दु समाजमा पवित्र दिन हो । नुवाइ धुवाइ गरेर जनै फेर्दै क्वाटी खाने दिन । केहि आधुनिक हिन्दुहरुले यसरी जनै फेरेर मम पसलतिर दुगुर्नु एकप्रकारको पाप हो , परम्परागत हिन्दु गुरुहरुले यसलाई घोर कलीको रूपमा समेत ब्याख्या गर्लान् ।
नेपाली समाज बिस्तारै परम्पराबाट आधुनिकता तर्फ प्रवेश गरिरहेको छ । आधुनिकता तर्फ प्रवेश गरिरहेको समाजले परम्परागत मुल्य / मान्यता / पदचापहरुलाइ छोडदै जान्छ । जसको कारण समाज नयाँ स्वरुपमा बदलिन पुग्छ । नेपाली समाज अहिले परम्परा र आधुनिकताको दोसाँधमा छ । एउटा बाहुनको छोरो जनै लगाएर बफ मम खान हिडनु त्यहीँ दोसाँध उभिएको समाजको समकालीन बिम्ब र प्रतीक हो ।
बौद्ध समाजमा त्यस्तै दृश्य देखिन थालेको छ । आफू भिक्षु दावी गर्ने लामा गुरु कारमा सवार छ्न । कमसेकम भिक्षु हुन्जेलसम्म त कार नचढे हुन्थ्यो तर गुरुहरुलाइ हतार छ ।बौद्ध दर्शनमा भिक्षु हुनु चानचुने कुरा होइन । यो त त्याग हो । जोकोही बौद्ध भिक्षु हुन सक्दैनन् ।
हो नेपाली समाज निरन्तर रूपमा परिवर्तनशिल छ । यो जताततै देख्न सकिन्छ ।