नेपाली राजनीति फ़ेरि तरङ्गित भएको छ। कमरेड माधव नेपालको नेतृत्वमा नेकपा एमाले ( समाजवादी ) बन्ने भएपछि बिधिवत रूपमा एमालेमा बिभाजित भएको छ। यस्तै महन्त ठाकुर नेतृत्वमा रहेको अर्को पार्टी बन्ने तयारीमा छ । केन्द्रिय समितिको कुल मतको २० % लिएर नयाँ पार्टी बनाउन सकिने अध्यादेश आए लगत्तै पार्टीहरु बिभाजनतिर गएका छ्न । बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्रको अभ्यास गरिरहेको हाम्रो जस्तो मुलुकमा नयाँ पार्टी खोल्न पाउनु हरेक नागरिकको अधिकार त हो नै। तर नंया बनिरहेको पार्टीहरुले देश र जनताको लागि कस्तो योगदान दिन सक्लान ।प्रश्नहरु उठन थालेका छ्न ।
संसदीय राजनीतिमा बिश्वास गर्ने काङ्ग्रेस एमाले इतिहास पनि बिभाजित भइसकेका छ्न । शान्ति प्रक्रियामा आएपछि माओवादी पनि बिभाजित भयो । बिभाजनका कारण चुनावमा निकटतम प्रतिस्पर्धा गर्ने दललाई फाइदा भयो।
नेपालको स्थायित्वमा दल बिभाजनले फाइदा गरेनन । पटकपटक सरकार बनिरहे । सरकार आलोचित भइरहयो । सरकारले जनताको पक्षमा काम गर्न चाहेन , सकेन । सरकार बनाउने काममा मात्र समय बित्न थाल्यो।
इतिहासका हरेक चुनौतीबिचमा अबसर पनि हुन्छ । अबसरलाइ सहि सदुपयोग गर्न सकिएन त्यो अबसरवादमा रुपान्तरण हुन्छ । अबसरवादले दक्षिणपन्थको बाटो पनि रोज्न सक्छ । यसैले अबसर र अबसरवादको भेद छुटाउन सक्ने नेता आबस्यक हुन्छ ।
नेपाली जनता खोजेको शान्ति , समृद्धि र स्थायित्व हो । राजनीति परिवर्तनको कसीमा जनताले आफ्नु जीवनमा परिवर्तन चाहनेका छ्न । जीवन परिवर्तन नगर्ने सिद्धान्तको लामो इतिहास नेपाली जनताले भोगिसकेका छ्न । आजको अध्याधुनिक बिश्व परिवेशलाई मध्यनजर गर्दै जनताको सपना पुरा गर्नु हर राजनीतिज्ञ प्रण हुनुपर्छ ।आजको युगिन आबस्यकता पनि यहि हो ।