घनश्याम एन्टिना,काठमाडौ । बि.स २०६७ सालमा  नागार्जुन नगरपालिका -५ काठमाडौं मा स्थापना गरिएको इलेन मेमोरियल स्कुलले छोटो समयमै सयौ अभिभावक तथा  बिध्यार्थिहरुको मन जित्न सफल भएको छ।शुरुवाती दिनमा जम्मा १८ जना बिध्यार्थी लिएर  पठनपाठन शुरु गरिएको यो स्कुलमा हाल ५५० भन्दा बढी बिध्यार्थिहरु अध्ययन गरिरहेका छन।पुर्ण पारिबारिक बाताबरणमा मन्टेश्वोरी बेस समेत पढाइ हुने यस स्कुलमा कक्षा १२ सम्म पढाई हुने गरेको छ।पढाइ संगै प्रयोगात्मक सिकाइ हुने यो बिध्यालय अहिले स्थानीयहरुको पहिलो रोजाइमा पर्नसफल भएको माध्यमिक तहको एक बिध्यार्थिले जानकारी गराए।कोभिड 19 को लकडाउनमा समेत निरन्तर अनलाइन कक्षा बाट पठनपाठन शुचारु गरेको यो स्कुलमा हाल कक्षा ११ को लागि बिज्ञान संकाय,ब्यबस्थापन  लगायतमा भर्ना अभियान समेत चलिरहेको प्रधानाध्यापक जयराम चापागाईंले जानकारी गराए।