काठमाडौं । यस पटकको ‘द भ्वाइस अफ नेपाल’को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राती सम्पन्न तेस्रो संस्करणको गायन रियालिटी शोको फाइनलमा तीन प्रतिश्पर्धीलाई पछि पार्दै गजमेरले उपाधि जितेका हुन् ।

टिम प्रमोदमा रहेका गजमेरले भोटका आधारमा उपाधी उचालेका हुन् । उनले सेमिफाइनलमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका थिए।  भ्वाइस अफ नेपालमा सहभागीता जनाउन गजमेयर आठ महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनले यसअघि नेपाली चलचित्र ‘राधा’, ‘साढे सात’ लगायतक गितमा स्वर दिई सकेका छन् । साथै, उनले केहि हिन्दी गीतमा समेत स्वर दिईसकेका छन् ।

 

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए