काठमाडौं । मालश्री स्टुडियोमा रेकर्डिङ भएको गीत डाँडै पीपलको छयांकन सम्पन्न भएको छ । उक्त गीत देबि घर्ती मगर र प्रकाश समिरले गाएका छन् भने कमल सौरागले एरेन्ज गरेका हुन् । उक्त गीतमा रामकृष्ण बि.सी., युनिशा रेग्मी, नवराज डंगाल, प्रतिक्षा क्षेत्रीको अभिनय रहेको छ । डाँडै पीपल गीत एलिन घिमिरेले संगीत गरेका छन्, भने संगीत डोटेलले शब्द लेखेका हुन् । रामकृष्ण कँडेलको छायाँकन, मोहनिश श्रेष्ठको सम्पादन, सोनी कँडेलको मेकअप, लक्ष्मण बलामीको फोटो शुट र एन्टिना घनश्यामको निर्देशन रहेको छ सब्नब शर्माको प्रस्तुती रहेको उक्त गीत केही दिनभित्रमा सार्वजनिक हुँदैछ ।