हात बाधेर बसौ
आँखा बन्द गरेर बसौ
या त
दुनियाँको सामु डाको छोड्दै
रुदै हिडौ
अह !म केही गर्न सक्दिन

जसरी भुकम्प गएपछी बेला बेलामा
आइरहन्छन् कम्पहरु
त्यसैगरि मेरा जीवनको प्रत्येक पल
पैदा भइरहेछ्न कम्पनहरु
म बुझ्दिन कम्पन पनि
मानवीय हुन्छ प्राकृतिक ?
कम्पनले किन हल्लाउँछ मनलाई ?

साहारा थियोे एउटा छोरा
उ पनि परदेशमा अलपत्र पर्यो रे
उतै बिरामी छ रे
सम्झदा पनि भक्कानिन्छु म
सपनामा रुन्छु म

बिहान बेलुका छाक टार्नै छ धौ धौ
खेतबारीको बालीनालीमा
लागेको छ रोग र किरा
सब सखाप छ
जिन्दगीमा बेहाल छ
मनमा पैदा छ कम्पन

परदेशमा गएको सन्तानलाई सम्झन्छु
लागेको रिन र नाघेको भाकालाई सम्झन्छु
मान्छेको मनमा जाने भुकम्पलाई सम्झन्छु
कलिला नानीहरूका निर्दोष भबिस्यलाई सम्झन्छु
फुलेको बाबरीको बोटमा बसेर सोच्छु
कम्पन भनेको मानवीय पनि हुदोरहेछ
नत्र भने कम्पनले हल्लाउँदैन थियोे होला
मेरो जीवनका हरेक पललाई