काठमाडौं । रास्ट्रीय दलित मुक्ती अभियानको सस्थापक अध्यक्ष प्रेम बिसीले राज्यबाट अझै दलितहरुमाथि भेदभाव गरिराखेको बताएका छन् ।अध्यक्ष बिसीले दलीतहरुको सिप कलालाई महत्व दिने तर जात समुदायमाथि उपेक्षा गर्ने, भेदभाव राख्ने गरेको बताए। उनले जबसम्म दलितमाथि छुवाछुत ,भेदभाव राखिन्छ तव सम्म देश बिकास नहुने सम्म ठोकुवा गरे।मुलुक यहि दलितले बनाएका कला,सस्कृतिले गर्दा चिनिएको भन्दै उनले राज्यबाटै दलितमाथि भेदभाव भएको दाबि गरे। सिप र कला गर्ने जात ब्यक्ति दलित हो भनेर छुवाछूत गर्ने हो भने पैसाको लोभमा त्यहि काम पेशा गर्ने धनाढ्याहरुलाई पनि छुवाछूत हुनुपर्ने अध्यक्ष बिसीले बताए। सिप र कला मार्फत दलितहरुले धेरैलाई रोजगार दिइरहेको उल्लेख गर्दै उनले दलितहरुको सिप र कलालाई प्रोत्साहन गर्नुपर्ने बताए।यिनै कुराहरुलाई मध्यनजर राख्दै राज्यले किन दलित बनाए? किन भेदभाव राखे?भनेर नै अधिकार सुनिश्चित गरियोस् भनेर राष्ट्रिय दलित मुक्ति अभियान चलाइएको अध्यक्ष बिसीले बताए।