काठमाडौं । थारु भाषा साहित्य केन्द्र नेपालको बार्षिक साधारण सभा तथा किताब विमोचन कार्यक्रम      यही चैत २१ गते  राजधानीको तमु बौद्ध सेवा समितिको सभा हलमा सप्पन्न भएको छ।    कार्यक्रममा   सभापति भुलाइ चौधरी ,प्रमुख अतिथी थारु आयोगको अध्यक्ष विष्णु चौधरी रहेको उक्त कार्यक्रममा  विभिन्न संघ संस्थाको प्रतिनिधि र महानुभाबहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्द्घोषन केन्द्र का महासचिव सियाराम चौधरी ले संचालन गरेका थिए।