दाङको दङ्गिसरण -६ मा जन्मिएका प्रबिण एन बि सानैदेखिको कलामोह थियो ।  २०५७ सालमा राजधानी काठमाडौ आएपश्चात निर्देशक अमर वली सङ्ग भेट भएपश्चात उनी कलाकारितामा बाटो खन्न पुगे।शुरुमा नेपाल आर्टस डान्स सेन्टर मा नृत्य सिक्दै गर्दा प्रबिनले स्व.दिपक रायमाझीको बंश टेलिफिल्मबाट अभिनय यात्रा शुरु गरे।गहना टेलिफिल्म हुँदै निर्देसक एन्टिनाको हाँस्य टेलिफिल्म तात्तो न छारो निकै लामो समय खेलेका उनी चर्चित फिल्म निर्देशक ऋषि न्यौपाने को फिल्म धनवान मा पहिलोपटक नायक को भुमिका निर्बाह गरे,उनी संगै यो फिल्ममा दिनेस शर्मा,सुशील क्षेत्री ले समेत अभिनय गरेका थिए।कलाकारिताकै क्रममा प्रबिनले अर्को फिल्म बिरबहादुर दङ्ग पर्छ मा नायकको भुमिका निर्बाह गरे,हालसम्म ५ दर्जन म्युजिक भिडियो मा अभिनय गरिसकेका प्रबिन निर्देशक एन्टिना घनश्याम ले निर्देशन गरिरहेको ठूलो पर्दाको चलचित्र बदला रिटर्नस मा एक बिशेश भुमिकामा देखा पर्दै छन,जुन चलचित्रको ८०% छायांकन समाप्त भइसकेको छ।भबिस्यमा यही क्षेत्रमा निरन्तरता लाग्ने बताउने प्रबिन एक सालिन,अनुशासित कलाकार मानिन्छन्।