बि.स २०३९ सालमा सप्तरीको राजबिराजमा जन्मिएका मोहनिश श्रेष्ठ बाल्यकालदेखिनै लगनशील तथा मेहेनती स्वभावका थिए ।आमा उषा श्रेष्ठका अनुसार मोहनिश हरेक काम गर्दा गहिरिएर ध्यानपुर्बक गर्ने गर्दथे।तेह्रथुम जिल्लाको बसन्तपुर मा. बि .बाट एस एल सि उतिर्ण गरेका उनी परिबारको साथ २०६० सालदेखि निरन्तर काठमाडौ बस्न थाले।कक्षा ७ पड्दै गर्दा फोटोग्राफी सिकेका उनलेे काठमाडौ आउनु अगाडी नै फोटोग्राफर र भिडियोग्राफर भएर काम गर्न थालिसकेका थिए।२०६० सालपछि राजधानीको नक्सालस्थित स्टुडियोमा फोटो एबम भिडियोग्राफर भै काम गर्न थालेका उनले २०६२ मा गौरिघाट्मा आफ्नै स्टुडियो खोली काम गर्न थाले।२०६३ को अन्तिममा स्टुडियो छोडी बिदेश हानिएका मोहनिश ४ बर्ष मलेसिया मा बसेर फेरि नेपाल आएर क्यामेरा दुनियाँमा फर्किए पछि फोटोग्राफी सगै भिडियो सम्पादन समेत गर्न थाले।काम गर्ने दौरानमा मोहनिशले टिभी टुडे बाट प्रसारण हुने टेलिफिल्महरु ढुक्क,बलेशी,यस्तोनी हुन्छ मा छायांकन गरे।हालसम्म सयौ म्युजिक भिडियो छायांकन ,सम्पादन गरिसकेका मोहनिश ले हाल निर्देसक घनश्याम एन्टिनाले निर्देशन गरिरहेको चलचित्र बदला रिटर्नस धमाधम खिचिरहेका छन्।फिल्मको अलवा मोहनिशले छोरी,सभ्य समाज,मेरा बा, आदि सामाजिक टेलिफिल्मको छायांकन र सम्पादकको भुमिका निर्बाह गरिरहेका छन।अहिलेको ब्यस्त क्यामेरा मेन बन्दै गरेका मोहनिशसंग काम गर्ने निर्देशकहरु भन्छन्,उनी राम्रो सम्भावना बोकेका कुशल छायांकार तथा भिडियो सम्पादक हुन्।