किर्तिपुर ।चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह राजाले किर्तिपुर नगरपालिका -१ ट्याङ्लाफाँटका स्थानीयहरुसङ्ग रमाइलो गर्दै  होली चाड मनाएका छन्।वरिष्ठ फिल्म निर्देशक सबिन बास्तोलाको उपस्थिति रहेको उक्त होली कार्यक्रममा महासचिव चेत बहादुर सिंह राजाले कोभिडका बिच सबैलाई सामाजिक दुरी कायम गर्दै होलि मनाउन अपिल समेत गरे । कोभिडको बिचमा पनि सामाजिक,भौतिक दुरी कायम गर्दै आफ्नै स्थानीयका बिच यो पर्व रमाइलो गरि मनाइएको महासचिव राजाले बताए।स्थानीय सङ्ग मनाइएको उक्त होलीमा चर्चित लोक गायक बिमलराज क्षेत्री ,बिष्णु खत्री लगायत  झलक सङ्गितम समेतको उपस्थिति रहेको थियो।