यस्तो एक ठाउँ जहाँ पुग्दैगर्दा परम आनन्द हुन्छ । जान्छु भन्दै गर्दा झन आनन्द हुन्छ । अबको दिन त्यहाँ जान्छु भन्ने ठाउँ कुन होला?
यस्तो परम आनन्द प्राप्त गर्ने दिब्य भुमी जहाँ बैकल्पिक उपचार हुने एउटा ठाउँ बनोस ,बिश्वब्यापी गुणगान गाउने ठाउँ बनोस । बगैंचा बनोस ।सुस्ताउने चौतारी बनोस् ।सङ्ग्रहालय वनोस ।
त्यो दिन कल्पना गरौ त।यस्तो ठाउँ यो देशमा काहिँ त होला त ?पौराणिककालमा ग्रन्थहरुमा त पढिएकै हो यो ठाउँ यस्तो त्यो ठाउँ तेस्तो भनेर तर भौतिक जीवनमा देखिएन।पढेको चिज खोजी गरिएन,चिनिएन ।
जे खोजीदैछ त्यो भताभुङ्ग तहसनहस भएको अवस्थाछ।तर ठाउँ चाहिँ छ।त्यो ठाउलाइ केही सुधारको आवस्यकता छ ।गरे के हुन्न होला र भन्छ यो मनले।आउनोस तपाइको मन र मेरो मन मिलाउ भन्ने नेतृत्वको अभाव हो भन्छ, यो मनले ।अब मनसँग मन मिलाउने अभियानको सुरु गर्नुपर्छ ।काठमाण्डुको शंखरापुरले यो यस्तो ठाउँ छ भनेर प्रयोगात्मक दावी नि गर्नुपर्छ।आउनोस हातेमालो गरौ।