बौद्धकालीन केही आदर्श महिला ।
क)खेमा महारानी
खेमा महारानी राजा बिम्बिसारकी प्रमुख रानी मध्य एक थिइन ।खेमाको अर्थ ब्यबस्थित मन भएकी ,धैर्यवान र सुरक्षित हो ।यसलाई निर्वाणको प्रयाय समेत मानिन्छ ।बुद्ध दर्शनको जीवन दिएकी उनको बारे केही काल्पनिक कुरा समेत गरिएको छ ।जुन बिवादीत पनि छ ।जस्तो उनको पुर्नजन्मको सवाल ।
एकदिन खेमाको एक्लो छोरो सर्पले टोकेर मरेपछि उनले गाएको गाथा यस्तो छ –
नबोलाए पनि उनी आए , नसोधीकन गएपनी
जसरी आएथे उसरी नै गए
केको शोक ?
कसैको शोकले मृतकलाइ फिर्ता ल्याउन सक्दैन
फ़ेरि किन शोक ?
जो जानू थियोे गयो के फाइदा भो मलाई
बुद्धले खेमालाइ प्रज्ञामा अग्रणी भिक्षुणी रूपमा ब्याख्या गरे ।बुद्धको सम्बन्ध खेमाले भनिन उहाँ समुद्रझैं अथाह ,गहिरो ,अनि प्रशान्त हुनुहुन्छ ।उनी अर्हत पदमा पुगेकि थिइन् ।
ख )पटाचारा
बुद्धकालीन समयमा कोशल राज्यको राजधानी श्रावस्ती समृद्ध नगर थियोे ।त्यही नगरमा चालीस कोटि धन भएको महाजनकि छोरी थिइन पटाचारा ।उनी असाध्यै रूपवती थिइन । उनले नोकरसँग भागेर बिवाहा गरेकी थिइन ।उनलाई आफ्नु रुपको घमण्ड थियोे ।उनी नोकर लोग्नेको मृत्यु हुने र पुत्र बियोग हुने स्थितिबाट ग्रुजिन्छिन । पछि उनी बुद्धको शरणमा पुग्छिन । बुद्ध मार्फत शिल पालना गर्छिन ।निर्वाणिक अबस्थामा पुग्छिन ।