आयुस घिमिरे ,काठमाडौं । काठमाडौँमा जारी थ्री नेसन्स कप अन्तर्गत दोस्रो खेल अन्तर्गत आज नेपालले बंगलादेश संग खेल्दैछ ।पहिलो खेलमा कजिकिस्तानसंग बराबरी खेलेको नेपालले फाइनल प्रवेशको लागि आजको खेलमा कम्तिमा बराबरी वा जित निकाल्नुपर्ने हुन्छ । बंगलादेशको लागि भने आजको खेलमा जित हारले केही फरक पर्ने छैन । आफ्नो पहिलो खेलमा कजिकीस्तानलाई 1-0 ले हराएर बंगलादेशले फाइनल प्रवेश गरिसकेको छ। बंगलादेशले आज नेपाललाई 2-0 वा त्यो भन्दा फराकिलो अन्तरले हराएमा कजिकिस्तान फाइनल प्रवेश गर्ने छ।

राउण्ड रोबिन अन्तर्गत जारी पतियोगिता को शीर्ष दुई टिमले फाइनल पतिस्पर्धा गर्ने छन् ।