के हो जरापी दुक्ख ?
दोलेन्द्ररत्न शाक्य आफ्नु पुस्तक जरापी दुक्खामा लेख्छन् – `कुप्रीनु ,छाला चाउरिनु ,कुश हुनु इन्द्रिय शिथिल हुनु ,शारीरिक कमजोरी हुनु ,दात झर्नु ,केश फुल्नु वा झर्नु , आँखा धमिलिनु,कान नसुन्ने हुनु ,बोली लर्बरिनु ,थरथर काम्नु ,यौवन गुम्नु ,भनेको ठाँउमा जान नसक्नु ,खोकी आउनु ,ढाड दुख्नु ,अनेक प्रकारको शारीरिक समस्या झेल्न पर्नु , खाना नरुच्नु ,मानसिक तनावले सताइनु ,जराका लक्ष्ण हुन ।´
यस प्रकारको दु:ख जरापी दु:ख हो।मुलतः बुढ्याइ सम्बन्धि दु:खलाई जरापी दु:खद भनिएको छ ।तर यतिले मात्र यो परिभाषा पुर्ण हुन ।बौद्ध शास्त्रीय मान्यता अनुसार जराको सिकार मान्छे जन्मेदेखी नै हुन्छ ।जरापी दु:ख अन्तरगत बुद्धत्व पनि राखिएको पाइन्छ यथापी सवैले कुरा स्वीकार गरेको पाइदैन ।
हामीले जीवनमा भोग्नुपर्ने मुख्य आठ दु:खहरु छ्न ।जुन जरापी दु:खसँग पनि जोडिएको छ् ।
१)जन्म हुनुको दु:ख
२)रोगब्याधी हुनुको दु:ख
३)बुढाबुढी हुनुको दु:ख
४)मरण हुनुपर्ने दु:ख
५)प्रियसँग बिछोड हुनुपर्ने दु:ख
६)अप्रियसँग संसर्ग हुनुपर्ने दु:ख
७)इच्छा अपुर्ण हुनुको दु:ख
८)पञ्च उपादानस्कन्ध धारण गरिरहनुपर्ने दु:ख
माथी उल्लेख गरिएको मध्य जरापी दु:ख बुढाबुढी हुनुको दु:खसँग धेरै जोडिन्छ ।बुढाबुढी भएपछि केही लक्षण वा स्थिति देखिन्छ ती निम्न हुन ।
१) शारीरिक स्थिति सम्बन्धि
२)मानसिक स्थिति सम्बन्धि
३)पारिवारिक स्थिति सम्बन्धि
४)सामाजिक परिवेश सम्बन्धि
५)आर्थिक मामिला सम्बन्धि
६) स्वास्थ सम्बन्धि
७) पारस्परिक स्थिति सम्बन्धि
हामीले जीवन झन उज्यालो बनाउन पर्छ । तर मानिसले पाप ( खराब कार्य) गर्न सक्छ , मानिसले चारवटा पाप गर्न सक्छ । जस्तो
१)झुठ बोलेर
२)चुग्ली गरेर
३)कडा वचन प्रयोग गरेर
४)नचाहिने कुरा गरेर
यस्तै हामीले शरीरलाई कावुमा राख्न सक्छौ ।जस्तो चार उपाय छ्न ।
१)प्राणी हिंसा नगरेर
२)चोरी चकारी नगरेर
३)ब्यभिचार नगरेर
४) मादक पदार्थ सेवन नगरेर ।
जरापी दुखबाट मानिसहरू मुक्त हुन सक्दैन ।तर यो परिस्थितिलाई ब्यबस्थित भने गर्न सकिन्छ ।त्यो भनेको बुद्धले देखाएको बाटोमा हिडनु हो ।
( केही दिनमा प्रकाशित हुन लागेको सुर्य बज्रयाना लिखित पुस्तक बौद्ध धर्मदर्शनको सन्दर्भबाट )