तनहुँ जिल्लाको हालको ब्यास नगरपालिका ११ फराकचौरमा बुवा रामचन्द्र अधिकारी र माता साबित्रा अधिकारिको कोख बाट जन्मिएका शीर्षक अधिकारी सानैदेखि भलाध्मी स्वभाभाब का प्रखर ब्यक्ति थिए।श्री बाराही मा बी बाट स्कुले जीवन पार गरि रत्नराज्य क्याम्पस बाट बिए पास सम्मको अध्य्यन गरेका उनी सरकारी सेवामा आबद्ध  छन्।सानै उमेरदेखि कला क्षेत्रमा इच्छा राख्ने उनले केही दिन अगाडी मात्रै चर्चित गायक स्वरुपराज आचार्यले गाएको र सत्यराज आचार्यले संगीत भरेको,एलिना सङ्रौलाको रचना रहेको आधुनिक गित,म बिना नि बोलको गितमा मोड्लिङ डेब्यु गरेका छन्।भन्छन् मेरो सानैदेखिको रहर पुरा भएको छ, अब आफ्नो सेवा संगै फिल्मी र मोडलिङ करियरलाई पनि अगाडि बढाउनेछु।दामन  खुबै रमाइलो स्थान लाग्ने शिर्षक यतिबेला पोखरामा कार्यरत छन्।।उनले खेलेको पहिलो म्युजिक भिडियो बिन्दाबासिनी म्युजिक सेन्टर बाट हेर्न सकिन्छ।