बुद्धकालीन समयमा गणतन्त्रको सिद्धान्त रहेको कुरा पाली साहित्यमा यथेष्ट पाइन्छ ।त्यतिबेला राजा भएपनि त्यो प्रजाबाट चुनिने अबस्था थियोे ।लिच्छविकाल पनि यो परम्परा जिवित थियोे ।तर लिच्छविकाल यो कुरा मुर्तरुपमा भने देखिदैन ।
कपिलवस्तुम्क्क कुलको प्रमुखलाई राजा छान्ने प्रचलन थियोे ।गौतम बुद्धका पिता शुद्दोधन पनि निर्वाचित राजा हुन ।तत्कालीन समयमा साशनको गर्नको लागी एउटा् परिषद बनाएको हुन्थ्यो । त्यसको अधिबेशन कपिलवस्तुको सन्थागार आसपास हुने गरेको तथ्य पाली साहित्यमा उल्लेख छ ।कपिलवस्तुमा एकैजातले शासन चलाएपनि कुलका अरुलाइ अबसर दिने चलन थिए तर फराकिलो चिन्तन भने थियोे ।बौद्धकालीन ग्रन्थमा राजतन्त्रको खासै उल्लेख देखिदैन ।पुरातन सामन्तवाद विरुद्ध बुद्धले राखेको असहमति चानचुने थिएन ।पूर्वीय हिन्दु दर्शनको मुलभुत मान्यता भनेको त्यहा राजतन्त्र उपस्थिति अनिवार्य थिए । बुद्ध आफू नै भिक्षु भएको कारण पनि उनका उपदेश संघ अन्तरगत भए ।सामुहिक चिन्तनमा बिश्वास राख्ने बौद्ध संघहरु बास्तबमा गणतान्त्रिक सोचले बनेका हुन ।
संघात्मक प्रणालीका कारण बौद्ध सम्प्रदाय सामुहिकता आफुलाई फैलाउदै गयो । अहिले पनि त्यो जिवित छ ।संघात्मक बौद्ध प्रणाली गणतान्त्रिक हो भन्न कन्जुस्याइँ गर्नु हुन्न ।