काठमाडौं । सुन्ताखान युवा क्लबद्वारा आयोजित प्रथम वडा अध्यक्ष महिला पुरुष खुल्ला दौड कप प्रतियोगितामा महिला तर्फको उपाधि भेनस नेसनल कलेजकी कक्षा ११ मा अध्ययनरत छात्रा रजनी श्रेष्ठले जितेकी छिन ।
यही चैत ७ गते शनिबार सम्पन्न उक्त प्रतियोगितामा करिब ४ किलोमीटर दौड १६ मिनेट ८ सेकेन्डमा पुरा गर्दै रजनीले उपाधि चुमेकी हुन। जित संगै उनले नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेकी छिन। त्यसै गरि प्रतियोगितामा महिला तर्फ नै १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै कमला पुरी दितीय र १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै सुजाता पुरीले तृतीय स्थान हासिल गरिन् ।उनीहरूले क्रमशः नगद रु ५ हजार र तीन हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । महिला तर्फ २४ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका खेलकुद संयोजक संजय लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी र आयोजक संस्था सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले पुरस्कार वितरण गरेका थिए ।