संसद् विघटन गरेको दुई महिना मात्र भएको भए तापनि संसद्को बैठक नबसेको नौ महिना भइसकेको छ । गत असार १८ गते सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श नै नगरी संसद्को बैठक स्थगित गरेको थियो ।
त्यसै गरी संसद्को बैठक नहुँदा सरकारले जारी गरेको अध्यादेशसमेत आजको बैठकमा पेस हुने भएको छ । सरकारले एसिडसम्बन्धी अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितको अध्यादेशहरू जारी गरेको थियो ।
नेकपा दुई समूहमा विभाजित भए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो नलगाउँदा त्यसको असर संसद् सचिवालयमा पनि परेको छ । त्यस्तै संसद्मा नेकपाका तर्फबाट बोल्ने नेताहरूको नामावली टुंगो लगाउन सभामुखलाई सकस परेको छ । शुक्रबार मात्र प्रचण्ड–नेपाल समूहको दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको पत्र संसद् सचिवाललाई बुझाएको थियो ।