काठमाडौं । तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको यहि फागुन १९ गते  बुधबार गोकर्णेश्वर नगरपालिकाका उप मेयर शान्ति नेपालबाट  उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित नेपालय इङ्ग्लिश पब्लिक स्कुलमा  आयोजना गरिएको प्रतियोगिताको उद्द्धाटन समारोहमा प्रमुख अतिथीमा  उपमेयर शान्ति नेपाल, विशेष अतिथीमा नेपाली  कांग्रेस सुचना तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य विमल ठकुरी, अतिथीमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, समाजसेवी दिपक सिंह भण्डारी, छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठ     लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपालले नेपाली कांग्रेसका होनहार व्यक्तित्व,  नेता स्वर्गीय चक्रबहादुर ठकुरी नेता मात्र नभएर सामाजिक विकासको अभियन्ता समेत रहेको बताइन् । उनले स्वर्गीय चक्रबहादुर ठकुरीबाट युवा खेलाडीहरुले धेरै कुराहरु सिक्न सक्ने बताइन् । सो अवसरमा युवाहरुलाई योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको उपमेयर नेपालले जानकारी गराइन् ।

स्वर्गीय ठकुरीका सुपुत्र तथा नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीले स्वर्गीय चक्रबादुर ठकुरीबाट प्रेरणालिनेहरु समाजमा धेरै रहेको जोड दिए।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले स्वर्गीय चक्र बहादुर ठकुरी युवाहरुको लागि प्रेरणाको स्रोत भएको बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता लाल बहादुर लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी., नेपाली कांग्रेस गोकर्णेश्वर नगरकमिटिका कोषाध्यक्ष कुमार लामा, गोकर्णेश्वर नगरपालिका खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, खेलकुद विज्ञ दिपक लामा, नेपाल तरुण दल गोनपा ८ का अध्यक्ष हेरेन्द्र लामा, गोनपाका फुटबल संयोजक विकास राई, टेबुलटेनिस संयोजक हरि श्रेष्ठ, छहारी क्लबका संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाजसेवी दिपक सिंह भण्डारी, समाजसेवी भोला श्रेष्ठ, गोनपा वडा नं. ८ का वडा सचिव सुदिप हमाल, बेशीगाँउ युवा समुहका अध्यक्ष कृष्ण नेपाल, बेशीगाँउ महिला समुहका अध्यक्ष अनिता श्रेष्ठ, डा सञ्जय आचार्य लगायत बिभिन्न संघ सस्था तथा बिद्यालयका प्रीन्सिपलहरुको उपस्थिति रहेको थियो।