काठमाडौं ।   भोजपुर शेर्पा समाजको अध्यक्षमा फुर्बा तेन्जिङ शेर्पा निर्वाचित  भएको छ ।  यहि फागुन ८ गते भएको समाज(किदुक) को दशौ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट १३ सदस्य नयाँ कार्यसमिति समेत  चयन     भएका  छन् ।
दुई कार्यकाल महासचिवको जिम्मेवारीमा रहेका  फुर्बा तेन्जिङ शेर्पा अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो ।   उपाध्यक्षमा निमाली शेर्पा र  ओङ्छु शेर्पा, महासचिवमा  लाक्पा शेर्पा, सचिवमा  पेमनुरी शेर्पा, कोषाध्यक्षामा   पेमदोर्चि  शेर्पा र अन्य ७ सदस्यहरुमा  डोमा शेर्पा,  फुर्बा शेर्पा,  गेल्मु शेर्पा,  पासाङ शेर्पा,  वाङ्छु शेर्पा,  मिङ्मा शेर्पा,  कमला शेर्पा गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका  छन् ।
नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई
निर्वाचन मण्डलका अध्यक्ष रहेका नेपाल शेर्पा संघका पुर्व अध्यक्ष  पेमाछिरी शेर्पाले बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा २०७६ का SEE उतिर्ण भोजपुरे शेर्पा बिधार्थीहरुलाई हौसला स्वरुप प्रमाणपत्र बितरण साथै समाज द्वारा नयाँ सदस्यहरुलाई स्वागत समेत गरेको थियो ।