ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले चलचित्र गोर्खेको ओभरसिज राइट महङ्गो मूल्यमा खरिद गरेको छ । ग्लोबल मिडियाको सिईओ हरि मल्ल ठकुरीका अनुसार अष्ट्रेलियामा चलचित्र गोर्खे प्रदर्शन गर्ने अधिकार प्राप्त भएको हो ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा ग्लोबल मिडिया र चलचित्र गोर्खेको निर्माण कम्पनी कोजु इन्टरटेनमेन्टविच संझौतापत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल मिडियाले विगत लामो समयदेखि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन गर्दै आइरहेको छ । ग्लोबल मिडियाको प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी पनि अष्ट्रेलिया बस्दै आइरहेका छन् । हामीसँग अष्ट्रेलियाबाट टेलिफोनमा कुरा गर्दै गणेश मल्ल ठकुरीले नेपाली फिल्मको बजार अष्ट्रेलियामा निकै राम्रो बनाउने प्रयास गरिरहेको वताउदै आगामी दिनमा अन्य देशमा समेत चलचित्र प्रदशनको तयारी भइरहेको वताए ।

चलचित्र गोर्खे निर्माता हरि लामा, तिर्थ कोजु तथा हरि थापाको सहकार्यमा बनेको हो ।

सामाजिक कथामा आधारित चलचित्र गोर्खेमा अर्जुन गुरुङ भंगेरि डन, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीकामा रहेका छन् । अञ्जली अधिकारी विशेष भूमीकामा रहेकिछिन् ।

यूट्यूवमा चर्चित गितहरु गाम भरि हल्ला भो भागम सानी भागम, गोर्खे लगायत चलचित्रमा रहेका छन् । पोखरा, पाल्पा तथा काठमाण्डौका रमाईलो दृष्यहरु चलचित्रमा देख्न सकिन्छ । काजी लिम्बुको कथा रहेको चलचित्र गोर्खेलाई किमत गौतमले निर्देशन गरेका छन् ।