समाज ; राजनीति र सस्कृती क्षेत्रमा अहिले अनेकौं बहस छ , विश्लेषण छ ।मुलुक कता जान्छ ? लोकतन्त्रको भबिस्य के हुन्छ ? जनताका दिन फिर्छ्न कि फिर्दैनन ? चासो छ।चिन्ता छ ।जिज्ञासा छ ।
मौसम चिसो छ ।कतिपय ठाउँमा हिउँ पर्यो ।असिना पर्यो ।तातो सुप खादै हामीहरु तातेको समाज बिज्ञानबारे बहस गरिरहेका छौँ ।
मनोबैज्ञानिक रूपमा त्रास उपन्न हुनु ब्यक्तिको मनको कुरा हो । सामाजमा बढेको तनावग्रस्त स्थितिले समाज नै चिन्तित बनेको हुन्छ । अहिलेको चिन्ता ब्यक्तिको मनको नभै समग्रमा नेपाली समाजको हो । नेपाली जनताको हो।
बुद्ध भन्छन् हरेक समस्यासँग नडराउ । समस्यासँग जुध ।नयाँ नयाँ जुक्ति सोच । हामीले आज यस्तै सोच राख्नुपर्ने भएको छ । नयाँ जुक्ति सोच्नुपर्ने भएको छ ।राष्ट्रिय एकतासँगै शान्तिको स्थापना आज आबस्यकता बन्दै गएको छ । एकतालाइ शान्तिको जुइँनो नलगाइ त्यो दीर्घकालीन हुँदैन ।हामीलाई खासाको सामान जस्तो एकता होइन जापनिज रेडियो जस्तो टिकाउ एकता चाहिएको छ ।सधैं टिक्ने सामाजिक सद्भाव चाहिएको छ । कहिल्यै नटुटने शान्तिको मार्गमा हिडन चाहन्छन नेपाली जनता ।
हाम्रो सपनाहरू पुरा हुनुपर्छ ।जनताको आबस्यता पुरा हुँदा बिकासको गति बढ्छ ।बिकास गतिले समाजको स्तर पनि बढ्छ ।बिकासपछि गरिबी हटछ ।गरिब हट्नु समाजले फड्को मार्नु हो ।
हो समाजको तिब्र रूपमा बिकास हुनुपर्छ । हाम्रो देशले कोल्टे फेर्नुपर्छ ।जनताले चाहेको स्थायित्व हुनुपर्छ ।