काठमाडौको कागेश्वरी मनहरा नपा काँंडाघारी,हरहर महादेवमा अबस्थित सस्कारा प्री स्कुलले आज सरस्वती पुजाको अबसर पारेर भब्य पुजाआजा कार्यक्रम सम्पन्न गरेको छ।
२०७५ सालमा स्थापना भएको उक्त स्कुल पुर्ण मन्टेस्वोरी पद्धतिबाट संचालित भएको प्रीन्सिपल इन्दिरा अधिकारीले बताउनु भयो।प्लेग्रुपदेखि युकेजीसम्म करिब ५० जना बालबालिका खेल्दै ,रमाउदै अध्ययन गर्ने यो स्कुललाइ स्थानिय बासिन्दाहरुको यथेष्ट माया रहेको संचालक बिष्णु पोखरेलले बताउनुभयो।
कोभिड 19 ले करिब ९ महिना थलिएको यो स्कुलले आजको दिनदेखि नै बालबालिकाहरुलाइ भर्ना अभियान समेत सन्चालन गरेको छ।