तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछार २८५७ आज परेको छ । आज बिश्वभर यो चाड मनाउछन् ।
सोनाम लोसार भनेर योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ। मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । आउनुहोस् सोनाम ल्होछार मुसाको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा ‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षपनि मुसाको वर्ष हो। बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।( स्रोत हाम्रो पात्रो )

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक एकताका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्पो लोसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, टिभाटियन तथा योल्मो समुदाय जुट्छ ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ‘भगवान इन्द्र’ का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।