काठमाडौं । कलाकार घनश्याम तिमल्सिनाका अनेकौं पहिचान छ्न । कलाकार ,निर्देशक ,पटकथा लेखक आदि उनलाई चिन्ने आधारहरु हुन ।
कुनै समय थियो एन्टिना क्यारेटर सर्बाधिक चर्चित थियोे । नेपाली हास्य सिरियल हेर्नेहरुले एन्टिना क्यारेटरलाई हिट गराए ।लामो टुपीलाई मोबाइलको टावरको रूपमा प्रस्तुत एन्टिना क्यारेटर अहिले पनि उतिकै प्रिय छ । बाटोमा हिडदा पनि लामो टुप्पीसँग सेल्फी खिच्न खोज्नेहरु टन्नै भेटिन्छन ।

हाल तिमल्सिनाका सिरियलहरुमा ब्यस्त छ्न ।हप्तामा तीनवटा सिरियल आइरहेको छ उनको । सामाजिक कथामा बनेको छोरी होस निर्जला दर्शकले खुब मन पराएका छ्न । हाल उनी मेरा बा नामक सिरियल पनि गर्दैछन ।यो फरक कोणबाट आउन लागेको सिरियल हो । एन्टिना भन्छ्न हामीले कला साहित्य आदिमा आमाको दुखान्त कथा मात्र भन्दै आयौ देखाउँदै आयौ । आमाको जस्तै बाको सङघर्स हुन्छ , दु:ख हुन्छ ,वेदना हुन्छ । खुशीहरु हुन्छन् , चाहनाहरु हुन्छन् । रहरहरु पनि होलान् ।यहि भावलाई व्यक्त गर्न बा नामक सिरियल बनाउदै गरेको हुँ । एउटा भनाइ छ आमालाई धर्ती भन्नेहरूले बालाइ आकाश कहिल्यै पनि देखेनन । हाम्रो यश सिरियलले बाको अबधारणामा नयाँ दृस्ठिकोण बनाउन सहयोग गर्नेछ ।
कुनै समय नेपालकै कान्छो निर्देशकको रूपमा परिचित घनश्याम तिमल्सिना फेरि पनि अर्को चलचित्र ल्याउने तयारीमा छ्न ।बदला रिर्टन नाम उक्त चलचित्र सुटिङमा जाने तयारीमा छ ।उत्कृष्ट कथा लेखिरहेकी लक्ष्मी शिवाकोटी निर्जलाले यस फिल्म लेखेकी हुन। हाल फिल्मको लोकेसन हेर्ने काम हुँदैछ ।
सधैं सिर्जनात्मक काम गर्न रुचाउने निर्देशक एन्टिना लकडाउनमा पनि खाली बसेनन ।दर्जनौं म्युजिक भिडियो बनाइरहे ।नयाँ नयाँ कलाकारलाई अबसर दिइरहे ।कयौं कलाकारलाइ डेब्यु गराइरहे । यहि कारण घनश्याम तिमल्सिना सधैं ब्यस्त रहने मानिसको नाम हो ।