1. इतिहासमा जनताले जुन हिसाबले सङकटहरु भोग्दै आए । ती सङकटले समाजमा छोडेको छाप गहिरो छ । आर्थिक राजनीति सामाजिक वा सास्कृतिक सङकट मुक्त हुन जनताको एकता नै चाहिन्छ । भुकम्प गयो । हजारौं मानिसहरू बिते ।कति घाइते भए । त्यतिबेला नेपाली जनतामा देखिएको अभुतपुर्व एकताले सङकट्सँग जुध्न सहयोग गर्यो ।हाम्रा घरहरू बने । लासहरु उठे ।पुछिएका सिउदोहरु वा लुछिएका आशाहरुमा नुतन उत्साह जाग्यो । राष्ट्रिय बिपतको घडीमा नेपाली जनताले देखाएको साहस आँट र राष्ट्रिय एकताले एकपटक फ़ेरि बिश्वले देख्यो ।नेपाल कहिले पनि दु:खमा आतिदैन ।
    इतिहासमा बेलायती साम्राज्यवादसम्म नेपाली एकतासँग डराउथियो । किनकी नेपालीहरु सुरबिर थिए ।विवेकसम्म थिए ।
    बुद्धकालीन समयदेखि नेपाल ज्ञानको केन्द्र रहयो ।पूर्वीय दर्शनको ज्ञानभुमी नेपाल नै हो । हिन्दुशास्त्रमा आउने हिमालय पर्बतकी छोरी पार्बती नेपालीकै छोरी हुन ।हनुमानले उठाएको यहि पहाड हो । सालिग्राम पाइने कालीगण्डकी यहीँबाट बग्छ ।बुद्धले ज्ञानको पहिलो अध्याय यहि धर्तीबाट बिश्वलाई सुनाए ।
    नेपाल किन पछाडि पर्यो ? बेलाबेला मेरो मनमा प्रश्नको आँधी उठछ ।नेपाल पछाडि पर्नुको मुख्य कारण हामीले सुन फल्ने बारीमा लसुन खोजेर हो , आफ्नु माटोको सुगन्ध भुलेर हो ।हामीले हाम्रो पुर्खाको सपना त्यागेर हो । हामी जहाँ छौं त्यहाँ बिश्वको अग्लो टाकुराबाट बिहान झुल्कन्छ । झरनाको झरझरसँग प्रत्येक बिहान प्रकृतिले संगीत सुसेल्छ ।धानका बालाहरुसँग पसिना फुल्छ ।
    बुद्धले यहिको शान्त जङ्गलमा बसेर मानव जगतलाई अनन्त ज्ञान दिए ।बुद्धका शान्त आँखाहरु यहिका पबित्र नदिहरुसँग प्रेमिल स्पर्श गरिरहे । बुद्ध जहाँ जन्मे ।त्यहा फुलिरहयो बाबरीका फुलहरु ।जसको बास्ना जिन्दगीलाई सुवासिलो बनायो ।मनलाई शान्त राख्यो ।चिन्तन प्रणालीलाई शुद्ध बनाउन सहयोग गर्यो ।
    हामीलाई आफ्नु माटोको ममता बुझ्न सकेनौ ।हामीले हाम्रो समयको माग बुझ्न सकेनौं ।हामीले हाम्रो भुमिको बृहत ज्ञान तक्षु भुल्यौ ।यसैले हामी पछाडि पर्यौ ।