काठमाडौं।  गायक सन्तोष  वाईबाको मौलिक पहिचान बोकेको गीत “डम्फुको तालैमा” को म्युुुुजिक  भिडियो सार्वजानिक भएको छ ।

बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतमा स्वर सन्तोष लामा वाईबाकै रहेको छ । गीतको ध्वनि सम्पादन दिपेस प्रधानले गरेका छन् ।

म्युजिक  भिडियोमा  इनाज ग्लोबल डान्स कम्पेटिसनका बिजेता पुर्ण बहादुर स्याङतान, मोनिका गुरुङ र महेस थापालाई देख्न सकिन्छ ।

केशब कोईराला र देवराज गुरुङको निर्देशनमा बनेको भिडियोलाई दक्क्षिना लामाले नृत्य निर्देशन गरेका हुन ।

रामेश्वर जिरेलले छायांकन गरेको भिडियोमा रोनिस तामाङले ड्रोन चलाएका छन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेको हो ।

तामाङ सेलो भाकामा रहेको यस गीतमा डम्फुको चर्चा संगै पश्चत्य संगितमा झुम्न अनि रम्न थालेका युवा पुस्तालाई हाम्रो मौलिकता सिक्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश सहितको भिडियो अत्यन्तै रोचक पक्ष देखिन्छ ।