समय छैन तिमिसँग बसेर खानलाई
रहर त झन बिल्कुल छैन
तिम्रो घरको चुलोमा सामेल हुनलाई
मलाई हिस्सेदारी चुलाचौकाको होइन
तिम्रो सोच अनि मगजको चाहिएको छ,
नसोच्नु म तिमि जस्तो हुन खोजे भनेर
म त मान्छे जस्तो हुन चाहान्छु
म त स्वतन्त्र पन्छी जस्तो हुन चाहन्छु
तिमिलाई पनि मान्छे भएको देख्न चाहन्छु

सक्षम छु म पनि तिमि जतिकै हर कुरामा
मलाई चाहिएको छ हिस्सेदारी बराबरीमा

म नजानेर हारेको होईन
म त हराईएको हुं मान्छे जस्ता देखिनेहरुका इतिहासको भिडमा
म पछि पारिए तिम्रो समाजमा
त्यो तिम्ले या मैले मात्र गर्दा होइन
त्यो त तिम्रो सोच अनि मेरो बाध्यताले हो,
म आज पनि गुमसुदा छु यहि भिडमा
आफैले आफैलाई आफ्नै आफ्नामा आफुलाई खोज्दै ।

यो आफ्नाहरुको सन्जाल तिमि र मबाट बन्यो
तर यहि समाजका तिमि शक्तिशाली
अनि म निर्बल कसरी भए ?
के कुरा मैले बिराए
जस्ले गर्दा तिमि मात्र विजयी भयौ?
कहाँ चुके म
जसकारण इतिहास तिम्रो मात्र भयो?
तिमिले मात्र जितेको इतिहासमा म कहा छु?
म मात्र आफुलाई खोज्न
एक्लै तिम्रो समाजमा कहा जाउ?

तिमि साथ त देउ हात दिन सक्दैनौ म बुझौला
शब्दले मात्र होइन बिन्ति मन र सोचको समानता देउ
अधिकार म आफै लिउँला मेरो
तिमि मात्र मेरो अस्तित्व अनि म हुनुको आभास देउ
हैसियत तिमि जति छैन होला म मान्छु
म गरिब छु, मलाई हुँदा खानु मात्र ठिक्क छ
मलाई चाहिदैन तिमो अधिकार, तिम्रो हैसियत
दिन सक्छौ भने मानवता देउ, समानता देउ

हुन सक्छ मैले तिमिले बाँचे जति जिएको छैन
मानौ म तिमि भन्दा फरक हुँम्ला
तर जुन जीवन मैले बाँचे तिम्रो कल्पना भन्दा पर छ
तिमिले सोच्न नि सक्दैनौ म कति एक्लै हारे?
म कति एक्लै लडे
म नितान्त एक्लो अनि निस्पट्ट बाँचे

अब बिन्ति गर्छु मलाई मान्छे हुन देउ
तङरिदै छु चोटबाट
मलाई बराबर हुन देउ
अब तिम्रोमा सोच बदल ए चुलीमा बस्ने मान्छे
मलाई मानवताको हिस्सा देउ
मलाई स्वतन्त्रता देउ