• गृहपृष्ठ
    • समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ
    • पर्यटन
    • समाज
    • खेलकुद
    • मनोरन्जन
    • विस्व
    • लेख विचार

    प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपरौँः प्रधानमन्त्री

    - चर्चित खबर सम्बाददाता

    प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १६:५४

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्।

    नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे।

    प्रधानमन्त्री ओलीले भने,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु। हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु।”

    अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन  गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे।

    कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पारे । उनले भने “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ।

    विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।” कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए। रासस

    Facebook Comments
  • मुख्य
    • प्रचण्ड-माधव  समूहद्वारा संसद बैठक बहिष्कार

      प्रचण्ड-माधव  समूहद्वारा संसद बैठक बहिष्कार

      - चर्चित खबर सम्बाददाता

    • प्रतिनिधिसभाको  बैठक आज बस्दै

      प्रतिनिधिसभाको  बैठक आज बस्दै

      - चर्चित खबर सम्बाददाता

    • प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ 

      प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ 

      - चर्चित खबर सम्बाददाता

    • अन्ततः काठमाडौं आइपुग्यो मेलम्चीको पानी

      अन्ततः काठमाडौं आइपुग्यो मेलम्चीको पानी

      - चर्चित खबर सम्बाददाता

    • एक हप्ताको लागि नारायणगढ-मुग्लिन सडक  दिउँसो बन्द

      एक हप्ताको लागि नारायणगढ-मुग्लिन सडक  दिउँसो बन्द

      - चर्चित खबर सम्बाददाता

    • मेलम्चीको पानी आज सुन्दरीजलमा आइपुग्ने

      मेलम्चीको पानी आज सुन्दरीजलमा आइपुग्ने

      - चर्चित खबर सम्बाददाता

    • नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

      नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

      - चर्चित खबर सम्बाददाता

    • घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन शुरु

      घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन शुरु

      - चर्चित खबर सम्बाददाता

    • विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

      विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

      - चर्चित खबर सम्बाददाता

    • फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

      फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

      - चर्चित खबर सम्बाददाता

    Our Team

    अध्यक्ष तथा प्रधान सम्पादक
    – पेमदोर्ची शेर्पा ( पि.डी.)
     

    Connect on facebook

    Facebook

    सम्पर्क

    Charchit khabar online

    Jorpati Kathmandu Nepal

    info@charchitkhabar.com

    © २०१७ charchitkhabar.com सर्वाधिकार सुरक्षित
    Designed and Developed by IBBS Media