पछिल्लो आठ महिनामा नाकाबाट पर्यटक नआएको समेत बताइएको छ । चीनको उहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गरेको थियो । त्यसयता अहिलेसम्म नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बनेको छ। अहिले नाकाबाट सीमित चिनियाँ सामग्री भित्रिने गरेको भए पनि मान्छेको आवत–जावत खुला गरिएको छैन ।

कार्यालयको तथ्याङ्कअनुसार नाकाबाट नेपाल भित्रिने तथा चीनतर्फ जाने पर्यटकको संख्या अहिलेसम्मकै न्यून छ । २०२० को जनवरी महिनामा ५ सय २६ र फेबु्रअरी महिनामा ५ जना नेपाल आएकोमा दुई जना पर्यटक चीनतर्फ गएका थिए । जनवरी महिनामा १ सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका छन् ।

नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकले ल्हासा गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदै आएको छ। सरकारी र कूटनीतिक राहदानीबाहेक नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्नेछ ।

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम शुरु भएको हो । रसुवागढी नाका हँुदै आएका पर्यटक सीधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ ।

चीन सार्क राष्ट्रका अफगानिस्तानबाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले गे्रस भिसा पाउँछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।नेपाल समाचारपत्रबाट