विकिपिडिमा लेखिएको छ :”माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।”
माघे सङ्ग्राती जाडो गएर गर्मी आएको उपलक्ष्यमा मानिने चार्ड हो । यो खुशीको चार्ड हो ।यो उल्लासको चार्ड हो। नेपाली समाजमा हिन्दुहरुको मात्र नभै यो चार्ड सबैको हो ।यसलाइ आफ्नु बिशिस्टतामा मान्ने गरिन्छ । जनजाति समुदायमा समेत यस पर्बको महत्त्व छ ।
जाडो स्वास्थका लागि खराब कुरा हो ।गर्मी जाडो भन्दा राम्रो हुन्छ ।गर्मीमा मानिसले स्फुर्ती महसुस गर्छ । सहि कुराहरु सोच्न सक्छ ।दृस्ठिकोण फराकिलो हुन्छ ।
गर्मीमा बसन्त रितु आउँछ । जुन असाध्यै मनमोहक हुन्छ् ।विभिन्न प्रकारका फुलहरु फुल्छ्न ।खोला सुक्छ्न र खोलाको निलो गहिराइ देख्न सकिन्छ ।मानिसले प्रकृतीसँग मितेरी गास्न सक्छ ।
जाडो भनेको हुस्सु जस्तै जमेर बस्नुपर्ने स्थिति हो ।गर्मि भनेको कुहिरो जस्तै उडेर बाच्न सक्ने स्थिति हो ।माघे सङ्ग्राती यहि दुई याम बिचको समय हो।यो सबैको लागि महत्त्वपूर्ण पर्व हो ।