काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको युवाहरुले  आज काठमाडौंमा धोती जुलुस निकालेका छन् ।

यूवा संघ प्रदेश २ को आयोजनामा काठमाडौंमा धोती जुलुस निकालेको हो । संसद विघटनपछि देशभर ओलीको आलोचना भइरहेका बेला मधेसीको मन जित्न धोती जुलुस निकालिएको छ ।

जुलुसमा सयौं युवाको सहभागीता रहेको थियो । उनीहरुले ‘आज हैन भोलीलाई, १० वर्ष ओलीलाई’ नारा लगाएका छन्।