नुरु शेर्पा
शेर्पा इभेन्ट
पछिल्लो समयमा विश्व संचार जगतले नै साँगुरो बनाएको छ । विश्वको जुनसुकै कुनाको समाचार पनि एक मिनट भित्र नै थाहा पाउन सक्छौँ । सामाजिक संजाल फेसबुक त झनै ब्यापक बनेको छ । फेसबुक, जस्ता विभिन्न माध्यमहरु प्रयोगमा आइरहदा ।यसै अवसरलाई सहि सदुपयोग गर्दै शेर्पा समुदायमा शेर्पा इन्भेट अर्गनाइनर संस्थाले प्रविधि मध्यबाट विभिन्न उपलब्धि मूलका प्रतियोगिता कार्यक्रम आयोजना गर्दै आइरहेको छौ ।

आङ छिरी शेर्पा
शेर्पा इभेन्ट
शेर्पा जातिको भाषा,धर्म,कला,सस्कृति तथा परम्परागत मुल्य मान्यताको बिकास तथा प्रबर्द्धन गर्नको लागि शेर्पा इभेन्ट अर्गनाइजरको स्थापना भएको हो।हामी शेर्पाहरुको बिशिस्ट पहिचानलाई विकसित एवम् परिस्कृत गराउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सम्म परिचित गराउने कार्यहरू गर्दै जाने तथा हिमालयको फेदीहरुमा आदिम थलो भएका हामी शेर्पा जातिहरुको पहिचान,संस्कार,सस्कृतिहरु सोहि भौगोलिक बाताबरण अनुकुल रहेको भएता पनि समयको परिवर्तन र बिस्व मानब सभ्यताको बिकास संगै हामीले पनि हाम्रो पहिचानलाई बिर्सिदै गइरहेको तितो यथार्थ पनि रहेको छ।तसर्थ यो परिस्थितिको परिवर्तन संगै विशेषत शेर्पा युबापुस्ताबाट टाडिदै गइरहेको हाम्रो पहिचानलाई संरक्षण,सम्बर्द्धन र विकसित रुपबाट प्रबर्द्धन गर्दै लैजानु शेर्पा इभेन्ट अर्गनाइजरको मुख्य अभिभारा हो।
शेर्पा इभेन्ट अर्गनाइजरको मुख्य कार्य योजनाहरु

१.संघिय संरचनाको आधारमा प्रतियोगिता आयोजना गर्ने।

शेर्पा इभेन्ट अर्गनाइजरले बिगत आमो समय देखि शेर्पा जातिको भाषा,धर्म र सस्कृति संरक्षण तथा प्रबर्द्धनको लागि विविध किसिमको प्रतियोगिता र कार्यक्रम आयोजना गर्दै आएको छ।त्यसै अनुरुप अब, यस सस्थाले स्थानीय,प्रदेश र केन्द्रिय तह स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारीमा छ।जसले गर्दा गाउँ घरमा लुकेर रहेको प्रतिभाशालि शेर्पा ब्याक्तीहरु एकिकृत गेरा भित्री मात्र रहन सक्दैन।उहाँहरुकै कारण भाबि दिनमा हाम्रो भाषा,धर्म,सस्कृति संरक्षणमा थप टेबा पुग्ने छ।साथै प्रतियोगीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरीय प्रतियोगिता लागि समेत पहल गरिने छ।

२.शेर्पा कलाकारहरुलाइ हौसला स्वरुप सम्मान गर्ने।

अब शेर्पा इभेन्ट अर्गनाइजरले छिटै शेर्पा म्युजिक अवार्ड आयोजना गर्ने छ।कोरोना महामारी कारण रोकिएको म्युजिक अवार्ड सबै क्षेत्र सहज र सरल भए पछि आयोजना गरिने छ।शेर्पा समुदायमा शेर्पा गित गाउने गायक गायिका बिरलै मात्रमा पाइन्छ।गाएको गितहरु पनि उच्च सम्मान नपाउदा कतै शेर्पा गित संगीत ओझेलमा त पर्दैन भन्ने सङ्केत पनि गर्दै छ।त्यसैको निम्ति शेर्पा इभेन्ट अर्गनाइजले शेर्पा म्युजिक अवार्ड आयोजना गर्न लागेको हो।

३.सञ्चार माध्यममा शेर्पा युवाहरुको पहुँच बढाउने।

शेर्पा समुदायको ब्याक्तीहरु बिरलै मात्रा सञ्चार क्षेत्रमा छाउने गर्दछ।छाएका ब्याक्तीहरु पनि विशेष गरि हिमाल आरोहण गर्ने ब्याक्तीहरुको संख्या मात्र बडी देखिन्छ।अब, यस् सस्थाले शेर्पा युवा पुस्ताहरुलाई विविध क्षेत्रमा अभ्यासत बनाइ उनीहरुलाई नंया क्षेत्रको लागि अवसर दिनको लागि पहल गरिने छ।साथै शेर्पा समुदायमा लामो समय देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने अग्रज ब्याक्तीहरुलाइ सम्मान स्वारुप राष्ट्रिय स्तरका टेलिभिजन तथा पत्रपत्रिकामा उहाँको बारेमा बाचन तथा लेखन गरिने छ।

४. शेर्पा युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने

“आधुनिक शैलीमा भाषा,धर्म र सस्कृति जगेर्ना” भन्ने मुल नाराका साथमा फेरि पनि शेर्पा युबाहरु बीच प्रतिस्पर्धात्मक भाबनाको बिकास गर्नको लागि लोसारको अबसर पारेर फेरि नंया प्रतियोगिता तय गर्ने भएको छ।बिगतमा भएका एकल शेर्पा नृत्य प्रतियोगिता,शेर्पा भाषामा उदघोषन प्रतियोगिता,शेर्पा खुल्ला निबन्ध प्रतियोगिता,शेर्पा खुल्ला वकतृत्वकला प्रतियोगितालाई निरन्तरता दिइने छ।अहिले सम्म तपाईंहरुले दिनु भएको माया, साथ र सहयोगको लागि हामि शेर्पा इभेन्ट अर्गनाइजर आभारी छौ।अगामि दिनमा पनि यहाँहरुको माया, साथ् र सहयोगको पुर्ण अपेक्षा गर्दछौं।
५, शेर्पा युवाहरुलाई एकीकृत गर्ने कार्यक्रम आयोजना गर्ने

शेर्पाहरु रहेको विभिन्न जिल्लाहरुमा शेर्पा युवाहरुलाई विभिन्न कार्यक्रमको मध्यबाट एकताको मध्यम ल्याउने

६,शेर्पा गित संगितलाई संरक्षण तथा सम्बर्द्धन गर्ने

शेर्पा युवा पुस्ताहरुबाट टाढिदै गइरहेको हाम्रो शेर्पा भाषाको गित संगित र पहिचानलाई संरक्षण सम्बर्द्धन र विकसित रुपबाट प्रबर्द्धन गर्ने उदेश्य राखी परिवर्तन समाजको विकास सङ्गै शेर्पा जातिहरुको गित संगितिहरुको लोप हुँदै गर्दा शेर्पा समुदायको गित संगितलाई नकारात्मक प्रभावबाट संरक्षणको पहल गर्न social network अर्थात् प्रविधिक विद्युतिय माध्यमबाट शेर्पा गित नृत्य प्रतियोगिता आयोजना गर्ने