नेपाली राजनीतिमा मडारिरहेको तुवाँलोबाट कसरी पार हुन सकिन्छ ? यो प्रश्नको तत्काल उत्तर छैन ।राजनीतिशास्त्रीय ज्ञान राख्नेहरुसँग पनि आजको समस्या र निकासबारे सोध्दा सहि जवाफ आउन सक्ने स्थिति छैन किनकी आजको स्थिति कानुनको बाटो भन्दा फरक छ ।
नेकपाभित्र बिवादले मात्र यो समस्या आएको होइन ।यो समग्र प्रणालीसँग जोडिएको प्रश्न हो ।भु राजनीतिमा यसको भिन्नै अर्थ छ । बिश्व ब्यबस्थामा आइरहेको तनाव र पुजीवादी लोकतन्त्र आएको समस्यासँग जोडेर हामीले नेपालको पछिल्लो सङकट बुझ्न र पर्गेल्नपर्छ । इतिहासमा सत्ताहरुमा कु भए ।ती कुमार्फत जनता र मुलकले क्षति ब्यहर्नुपर्यो । मुलक पछाडि परेको उदाहरण हाम्रो देशमा पनि छ । कमरेड केपि ओली चालेको पछिल्लो कदमले पनि नेपाली राजनीतिको क्षितिजमा समस्याहरु मडारिने देखिन्छ ।नेताहरूको बोली सुकेको छ ।राजनीतिले ट्याग छोडेको छ ।इतिहासले बर्तमानलाई प्रश्न गरिरहेको छ ।
बुद्धको वाणी छ संसारमा सबै समस्याहरुको हल छ । जीवन नै समस्याहरुको जटिलम रुप हो ।बुद्धको यो दार्शनिक भनाइलाई हामी आजको राजनीतिक समस्यासँग जोडेर हेर्नुपर्छ ।द्वन्द्वात्मक कुरा गर्ने कम्युनिस्टहरुले बुद्धवाणी मर्मलाई बुझ्न सके भने नेपाली राजनीतिक क्षितिजमा लागेको बादल फाटन सक्छ ।राष्ट्रिय एकता यस्तो मन्त्र हो त्यसले कयौं राजनीतिक सङकटलाई पार लगाउन सक्छ । नेताहरूलाई सवक सिकाउन सक्छ । आजको दिनमा राष्ट्रिय एकता भातृत्व र सदभावलाइ हामीले आत्मसात गर्नुपर्छ ।
सत्ता स्वार्थ भन्दा माथी देश हुन्छ जनता हुन्छन् ।राष्ट्रियता हुन्छ देशभक्ती हुन्छ । नेताहरूले यो कुरा किन यो बुझ्दैनन ।वा बुझ पचाउछ्न ।इतिहासले प्रश्न गरेको छ ।बर्तमान यहि अपेक्षा राखेको छ । अब निकास चाहिन्छ ।के नेताज्युहरु तयार हुनुहुन्छ ?