काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण कोरोना महामारी भन्दा घातक रहेको विज्ञहरुले बताएका छन् । गणेशमान सिंह फोउन्डेशनमा बुधबार भएको छलफलमा विज्ञहरुले यस विषयको जानकारी गराएका हुन् ।

काठमाडौँ उपत्यकामा वायु प्रदूषणलाई छिट्टै नियन्त्रण नगरे यसले कोरोना महामारी भन्दा भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका हुन् । वायु प्रदूषणका कारण काठमाडौँ वासीहरु क्यान्सर, उच्च रक्तचापको शिकार हुने विज्ञहरुले अवगत गराएका हुन् । प्रदूषणलाई सरकारले छिट्टै प्रभावकारी कदम चाल्नु पर्नेमा विज्ञहरुको जोड थियो ।

वायु प्रदूषणको मुख्य कारक सवारी साधनको अत्याधिक चाप, निर्माणाधिन सडकको काम, अनियन्त्रीत उद्योगको प्रदूषण रहेको जनाइएको छ । यस सन्दर्भमा डा. ढुंगानाले भने,‘प्रत्येक वर्ष नेपालमा प्रदूषणका कारण ४० हजार मानिसको मृत्यु हुने गर्दछ ।’ वायु प्रदूषणको न्युनी करण गर्न सरकार र नागरिक समाजले संयुक्त रुपमा प्रभावकारी कदम चाल्नु पर्ने जनाइएको छ ।

प्रदूषणका कारण महिलालाई अत्याधिक समस्या भएको समेत जनाइएको छ । मानिसहरु शहरी जीवनप्रति उन्मुख भएको कारण अत्याधिक वायु प्रदूषण निम्तिएको जनाइएको छ । यस सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्र राज जोशीले भने, ‘हामीले यस प्रति ध्यान दिएनौँ भने उपत्यकामा आपतकालिन अवस्था सिर्जना हुनसक्ने छ ।’