ललितपुर इमाडोलकि प्रिया वाइवा नेपाली कलाकारितामा रुचि राख्छिन । उनी आफ्नु बाबुको प्रेरणाबाट कला क्षेत्रमा प्रवेश गरेकी हुन । यहि क्षेत्रमा केही गर्ने र राम्रो कलाकार बन्ने प्रियाको सपना छ।
उनलाई यस क्षेत्रमा कलाकार घनश्याम तिमल्सिना एन्टिनाले प्रवेश गराएका हुन । छोरी सामाजिक टेलिसिरियल मार्फत उनी यस क्षेत्रमा आएकी हुन ।यसको अलवा उनले एक म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन ।
भन्छिन एक्टिङ मेरो रहरको बिषय हो । म आफ्नु रहरलाइ बास्तविकतामा बदल्न चाहन्छु । असल कलाकार हुनु मेरो उदेश्य हो। पढाईसँगै कलाकारितामा समय दिइरहेको छु ।