सुन्दर छ दाङ उपत्यका । दाङका हरिया फाटमा साइकल मात्र गुडदैनन । दाङमा रमाइला गाउँमा जन्मिन्छ्न सम्भावनायुक्त पात्रहरू । त्यस्तै एउटा नाम हो मुना बिक ।
मान्छेको मनको बारीमा निरन्तर इच्छा र चाहना पनि फुल्छ । बतास झै बिस्तारै बिस्तारै ती चाहना र इच्छाले बाटो बनाउछ्न ।पश्चिम नेपालको दाङमा मुना बिकका सपनाहरूले बाटो बनाउदैछ्न । उनी नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुँदैछिन ।
सडक नाटकहरुमा गरेको अभिनयले दाङमा धेरैको मन जितेको कुरा सुनाउदा मुनाको अनुहार खुशिले धप्पक्क बल्छ ।स्कुलमा पनि उनको प्रतिभा मन पराउने धेरै थिए ।साथीहरूले पनि मुनालाइ सधैं प्रेरणा दिदा उनको मन खुशीले फुरुक्क हुन्थ्यो ।
मुनाको रहर भनेको नेपाली सिनेमाको एक्टर बन्ने हो ।यसको अलवा उनी समाजसेवा गर्न चाहन्छिन ।आमाबुबाको सपना साकार पार्ने मुनाको धोको छ ।
हाल उनी कक्षा १२ मा अध्ययनरत छिन ।अरुभन्दा उनलाई नाटक फिल्म र गीतमा अभिनय गर्ने सपनाले सधैं उत्साहित गराउछ ।कहिले कलाकार बन्ने होला भनेर सधैं मनमा खेल्छ मुनाको ।
मिठो बोल्ने सबैलाई सम्मान गर्ने आफ्नु काममा इमानदारीता देखाउने स्वाभावले मुनालाइ फरक बनाएको छ , ब्यबहारिक बनाएको छ ।सक्षम बनाएको छ र सजग बनाएको छ । मुनासग भएको सम्पती उनको कला हो ।जो सवैसँग हुदैन ।
सामान्य परिवारमा जन्मेपनी उनलाई पछुतो छैन । गुनासो पनि छैन । उनको धारणा छ सबभन्दा पहिले हामी मानव हौ ।मानताको रक्षा गर्नु हाम्रो कर्तव्य हो । हामी सबैको मर्म बुझ्न पर्छ । समाजमा केही गरेर देखाउन पर्छ ।
मुनालाइ अरुलाइ सहयोग गर्न दु:खमा रहेकाको मर्म बुझ्न जिन्दगीलाई सहज ढंगले जिउनमा पनि रुचि छ ।उनी कसैको दु:ख हेर्न सक्दिनन ।
हाल उनलाई डकुमेन्ट्री फिल्ममा अफर आएको छ ।उनी उक्त डकुमेन्ट्रीमा मुल क्यारेटर गर्दैछिन ।नयाँ डकुमेन्ट्री खेल्न पाउँदा उनी धेरै खुसी छिन।
भन्छिन मेरो सपना मेरो रहर मेरो शोक मैले जीवनमा मैले लिएको लक्ष्य हो । आफ्नु लक्ष्यलाई पुरा गर्ने धोको छ । एकदिन म पनि कला क्षेत्रमा जम्ने बिश्वास लिएको छु ।उद्देश्य लिएपछि अबस्य पुरा हुन्छ।