सङखुवासभाको साविक बाह्रबिसे गाबिस ६ पावा गाउँ ( सवापोखरी गापा ३) जन्मेका कल्याण घले एक दसकदेखी कला क्षेत्रमा सक्रिय छ्न । मखमली एकल एल्बम मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गरेका कल्याणले दर्जनौ म्युजिक भिडियो ,ठुलो पर्दाको चलचित्र , बिज्ञापन खेलेका कल्याण मुलतः एक्टर हुन । उनी समाजसेवाको क्षेत्रमा प्रख्याती कमाइसकेका युवा हुन । असहाय दिनदुखिको सेवा गर्न समाज मा सहयोगी भावना बिस्तार गर्नमा कल्याणको अग्रसरता लोभलाग्दो छ ।
लकडाउनमा उनले घनश्याम तिमल्सिना एन्टिनाको निर्देशनमा मात्र चार वटा म्युजिक भिडियोमा मोडेलिङ गरे ।उनी क्षेत्रमा भबिस्यमा निरन्तर रहनेछ्न ।कला बाहेक उनी उसुको खेलाडी , कराते खेलाडी ,डान्स टिचर , असल सामाजिक अभियन्ता हुन । उनले काठमाडौं शहरमा गरेको सङघर्स चानचुने छैन जस्ले यो स्थानमा पुर्यायो ।हसिलो स्वाभाव सहयोगी भावना निरन्तर कामप्रति इमानदारीताले उनलाई यो स्थानमा पुर्याएको हो । कल्याण घले भनेर चिनाएको हो ।
कल्याण भन्छन् – मान्छेको इमानदारीता मुख्य कुरा हो ।गद्दार मान्छे शिखरमा पुगेपनि त्यो गद्दार नै हो । इमानदार मान्छे किनारमै रहे पनि त्यो इमानदार नै हो ।म जीवनमा इमानदारीताको बाटो हिडिरहे ।
विकट हिमाली जिल्ला सङघुसभादेखि मैले गरेको निरन्तर सङघर्स नै मेरो लागी अबसरको बाटो बन्यो । म कलाकार हुनुमा मेरो एक दसक लामो सङघर्सको कथा छ ।मैले भोगेको ब्यथा छ ।