नेपाली राजनीति पछिल्लो समय तरङ्गित छ । अबको विकल्प चुनाव नै हो त ?अनेकौं कोणबाट बहस सुरु भएको छ ।इतिहासमा यस्ता धेरै कालखण्ड हुन्छन् जसलाई जसरी पनि पार लगाउन पर्छ ।अहिलेको स्थिति पनि त्यही अनुसार ग्रुजेको छ ।केपी ओलीको सरकारले गर्ने भनेको चुनावले के राष्ट्रिय राजनीतिलाई नयाँ मोड देला ?यो ज्वलन्त प्रश्न आजको मुल प्रश्न हो ।
हामीले सोचौ राष्ट्रिय एकता सद्भाव र शान्तिबिना अबको निकास सम्भावना छैन ।झगडा तानातानले के हामीले सोचेको परिवर्तन सम्भव छ ? पक्कै पनि सम्भव छैन ।नेताहरूको झगडाले मुलकलाई बन्धक बनाउनु हुँदैन ।यसको लागि जनतामा सचेतता चाहिन्छ सदबुद्दी चाहिन्छ ।
इतिहासका निर्माता जनता हुन ।जनताले नचाही केही पनि हुन्न।हरेक परिवर्तन जनताको माग हो ।नेताहरूले जनताको मर्म बुझ्नुपर्छ । जनताको चाहना बुझ्नुपर्छ ।जनतालाई समृद्धि दिन नेतासँग भिजन चाहिन्छ ।लोकतन्त्र भनेको यहि हो जहाँ जनताको कुरा प्रमुख हुन्छ ।लोकतन्त्रमा सर्बोच्च जनता हुन ।
हामी इतिहासमा जटिल मोडमा राष्ट्र राष्ट्रियता र जनताप्रती इमानदार हुने नेता नै युग नेता हो ।यस्तो नेताको खोजी बर्तमान समयले गरेको छ ।देशमा जबसम्म झुर शासन हुन्छ त्यो शासनले पिडा मात्र दिन्छ ।
म बुद्धको अनुयायी हु ।मुलकलाई बुद्धको सन्देश अनुसार चलाउदा पनि बेफाइदा हुन्न ।बुद्ध भन्छन् समस्याबाट निकास खोज ।समस्याबाट नभाग ।समस्यालाई समस्या मात्र नठान।बुद्धको भनाइ अमुर्त छैन अब्यबहारिक छैन । जीवनको माधुर्यता छ बुद्धको भनाइमा ।इतिहासको यो जटिलता बर्तमानको दुखाइ कम गरौ ।शान्ति सदभावको बिकास गरौ ।अबको बाटो सिधा र सहि होस ।