एजेन्सी । चुनावको मतगणना भएको झण्डै डेढ महिनापछि अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा घोषणा भएको छ । जसमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी घोषित भएका छन् ।

वाइडेनले ३०६ इलेक्टोरल कलेज मत हालिस गर्दा ट्रम्पले २३२ मत हासिल गरेका थिए । वाइडेनले आवश्यक २७० मत पार गरेकाले विजयी घोषित भएका हुन् ।

युएस इलेक्टोरल कलेजले वाइडेन जितेको घोषणा गरेको हो । जितको घोषणापछि वाइडेनले अमेरिकी लोकतन्त्रमाथि दबाब, परीक्षण र चुनौती दिइएपछि सत्य र बलियो प्रमाणित भएको टिप्पणी गरेका छन् ।